के तपाईं घर बनाउँदै हुनुहुन्छ? यदि बनाउँदै हुनुहुन्छ भने यी कुराहरुमा ध्यान दिन जरुरी छ।
पर्खालको मोटाइ घरको दक्षिण र पश्चिमतर्फका पर्खाल उत्तर र पूर्वतर्फका पर्खालभन्दा अग्ला र मोटा हुनुपर्छ। सडकभन्दा अग्लो हुनुपर्छ जमिनः घर बनाउनलाई जमिन किन्दा वरपरको सडकभन्दा अग्लो भएको सुनिश्चित गरेर मात्र किन्नुहोस्। सडकभन्दा होचो जमिनमा घर बनाउँदा आर्थिक संकट आउँछ।
दक्षिण पश्चिममा अग्ला रूख घरमा समृद्धि ल्याउनका लागि दक्षिण पश्चिम दिशामा अग्ला रूख लगाउँनु अत्यन्त फलदायी हुन्छ। यी रूखले आर्थिक स्थिरता ल्याउँछन्। यिनले दुर्भाग्यलाई हटाउँछन् र परिवारलाई संकट हुनबाट जोगाउँछन्।
घरको बीच भाग खालि राख्ने घरको बीचको भाग सधैं खालि राख्नुपर्छ र त्यहाँ कुनै पनि निर्माण गर्नुहुँदैन। यहाँ केही बनाउनै परे मन्दिर बनाउनुस् किनभने बीचको भागलाई ब्रह्मस्थानको रूपमा मानिन्छ।
भण्डार कक्ष कहाँ राख्ने भण्डार कक्ष दक्षिण पश्चिम वा पश्चिम भागमा बनाउनु उपयुक्त हुन्छ जसकारण समृद्धिको बाटो खुल्छ। झ्याल ढोकाको सरसफाई घरको झ्याल र ढोकाको नियमित सरसफाई गर्नुस् किनकि घरमा आउने धनसँग यिनको सिधा सम्बन्ध हुन्छ। यी कुरा फोहर हुँदा धनप्राप्तिमा बाधा पुग्छ।
मुख्यद्वारको सजावट घरमा समृद्धि ल्याउन घरको मुख्यद्वारलाई राम्ररी सजाउनुपर्छ। घरमा नम्बर प्लेट राख्नु पनि जरूरी छ। अनि यो भागलाई उज्यालो र रंगीन बनाइ राख्नु पर्दछ।
चराहरूलाई दानापानी दिन डुँड घरको कुनै एक स्थानमा डुँड बनाएर चराहरूलाई दानापानी राख्नुभयो भने सकारात्मक ऊर्जा र धन प्राप्ति हुन्छ।
प्याजी रंग
घरमा रंग लगाउँदा प्याजी रंग लगाउनु शुभ हुन्छ जसकारण धन आकर्षण गर्न सकिन्छ। यो रंगका बोटबिरूवा घरमा भए भने पनि तपाईंलाई धनको कमी हुँदैन।